आइतबार, साउन ५, २०८२

अबको राजनीतिक लडाइँ राष्ट्रपति : चित्रबहादुर केसी

राजनीतिक दलहरू पद र शक्तिका लागि लडाइँमा होमिएको केसीको आरोप।
 |  शनिबार, माघ ७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ ७, २०७९

काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सभामुखको निर्वाचनपछि राष्ट्रपतिका लागि राजनीतिक लडाइँ सुरु भइसकेको बताएका छन्। शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष केसीले सत्ताधारी र विपक्षी दलहरूबीच राष्ट्रपतिका लागि लडाइँ सुरु भइसकेको बताएका हुन्।

यसका लागि दलहरूलाई कम्फर्टेबल सभामुखको भूमिका चाहिने भएकाले पदको मान राख्न गाह्रो हुने केसीको भनाइ छ। उनले पद र शक्तिका लागि राजनीतिक दल लडाइँमा होमिएको आरोप लगाए। 

राजनीतिक दलले अहिले पनि महिलालाई दोस्रो दर्जाको रुपमा राखेको आरोप लगाउँदै उनले महिलालाई सभामुख नबनाएर उपसभामुखमा सीमित गर्न खोजेको बताए। राजनीतिलाई बिटुल्याउन सत्तापक्षले प्रयास गरिरहेको उनले दाबी गरे। जनमोर्चाले कांग्रेस उपसभामुख उम्मेदवार मुक्ताकुमारी यादवका पक्षमा भोट हाल्ने केसीले जानकारी दिए।

प्रकाशित: Jan 21, 2023| 16:55 शनिबार, माघ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...