सोमबार, साउन ६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • गृहमन्त्री लामिछानेसँग रामहरि खतिवडाको प्रश्न- अभियुक्त पक्राउ नसक्ने अनि सूचना जारी गर्ने?

गृहमन्त्री लामिछानेसँग रामहरि खतिवडाको प्रश्न- अभियुक्त पक्राउ नसक्ने अनि सूचना जारी गर्ने?

गृह मन्त्रालयले फौजदारी मुद्दामा अभियुक्त प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न पत्राचार गरेको विषयमा संसदमा रुलिङको माग गरिएको छ।
 |  शनिबार, माघ ७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ ७, २०७९

काठमाडौं- गृह मन्त्रालयले फौजदारी मुद्दामा अभियुक्त प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न पत्राचार गरेको विषयमा संसदमा रुलिङको माग गरिएको छ। 

कोइरीलाई पक्राउ नगरेपछि गृहमन्त्री रवि लामिछाने आलोचित बनिरहेका बेला शुक्रबार गृह मन्त्रालयले गृहमन्त्रीबाट पटक पटक कोइरीलाई कानुन बमोजिम पक्राउ गरी कारबाही गर्न प्रहरीलाई मौखिक निर्देशन दिएकोमा हालसम्म पक्राउ नपरेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ति जारी गरेर जानकारी दिएको थियो।

साथै कोइरीलाई पक्राउ गरी तत्काल कारबाही गर्न मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको मन्त्रालयको प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख थियो। 

उक्त विज्ञप्तिले गृहमन्त्रीको मौखिक निर्देशन प्रहरीले नमानेको देखिएको र सुरक्षा संवेदनशीलता तथा गोपनीयताको विपरीत रहेको कांग्रेस सांसदहरुले बताएका छन्। 

प्रतिनिधिसभाको जारी बैठकमा कांग्रेस सांसदद्वय रामहरि खतिवडा र अर्जुननरसिंह केसीले तत्कालले पक्राउ पुर्जी जारी गरेको अभिव्यक्तिलाई पक्राउ गर्न नसक्ने र विज्ञप्ति जारी गरेको भन्दै आपत्ति जनाएका हुन्। 

खतिवडाले गृहमन्त्रीको मौखिक निर्देशन प्रहरीले मान्न छाडेको हो भन्दै प्रश्नसहित सभामुखसँग रुलिङको माग गरे। गृहमन्त्री लामिछानेले केटाकेटीपन प्रदर्शन गरेको भन्दै उनले भने, ‘गृहमन्त्रीलाई प्रहरी प्रशासनले टेर्न छाडेको हो ? मौखिक निर्देशन दिँदा प्रहरीले नटेरेको हो ? मान्छे पक्डिन नसक्ने अनि सूचना जारी गर्ने ?’

प्रकाशित: Jan 21, 2023| 15:31 शनिबार, माघ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...