सोमबार, साउन ६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • मधेस आन्दोलनका सहिदप्रति अपमान नगरेको ऊर्जामन्त्री लिङ्देनको प्रस्टीकरण

मधेस आन्दोलनका सहिदप्रति अपमान नगरेको ऊर्जामन्त्री लिङ्देनको प्रस्टीकरण

प्रधानमन्त्री र मन्त्रीहरूले मधेसका सहिदको अपमान गरेको भन्दै सामाजिक सञ्जालमा विरोध भएपछि उपप्रधानमन्त्री लिङ्देनले प्रस्टीकरण दिएका हुन्।
 |  शनिबार, माघ ७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ ७, २०७९

काठमाडौं– उपप्रधान एवं ऊर्जा तथा जलस्रोतमन्त्री राजेन्द्र लिङ्देनले मधेस आन्दोलनका सहिदप्रति सम्मान नगरेको र मौन धारणमा नउठेको प्रसंगलाई लिएर भइरहेको आलोचनाप्रति जवाफ दिएका छन्। 

५ माघको संसद् बैठकमा जनमत पार्टी अध्यक्ष सिके राउतले रोस्ट्रमबाटै मधेस आन्दोलनका सहिदको सम्मानका एक मिनेट मौन धारण गरेका थिए। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री लिङ्देनलगायत सिटबाट उठेका थिएनन्। प्रधानमन्त्री र मन्त्रीहरूले मधेसका सहिदको अपमान गरेको भन्दै सामाजिक सञ्जालमा विरोध भएपछि उपप्रधानमन्त्री लिङ्देनले प्रस्टीकरण दिएका हुन्।

रोस्ट्रममै भाषण गरिरहेका बेला राउतले मौनधारणमा सहभागी हुन सबै पार्टीका सांसदलाई आग्रह गरेपछि कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद उठेका थिए। तर प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनलगायत सांसद उठेका थिएनन्। 

आजको बैठकमा लिङ्देनले सदनमा सभामुखको रुलिङ हुनुपर्ने बताए। उनले भने, ‘५ माघको प्रतिनिधिसभा बैठकमा मधेस आन्दोलनमा सहादत प्राप्त गर्ने अथवा मधेसका सहिदप्रति सम्मान गर्ने विषय उठेको थियो। यहाँ उठ्ने र नठ्नेको प्रचार बाहिर आइरहेको छ। सम्माननीय प्रधानमन्त्री अगाडि हुनुहुन्थ्यो। उहाँको उपप्रधानमन्त्री म थिएँ। हामी उठेनौं। यसको अर्थ बाहिर के गइरहेको छ भने हामीले मधेस आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदप्रति हाम्रो सम्मान छैन भन्ने प्रचार भइरहेको छ। यो गलत हो।’ 

संसद्को एउटा मर्यादा, नियम र रुलिङ सबै सभामुखको चल्ने हुँदा आफूले संसदीय अभ्यासलाई शिरोधार्य गरेको उनले दाबी गरे। लिङ्देनले भने, ‘कि सभामुखले त्यो विषयमा रुलिङ गर्नुपथ्र्यो, कि त कम्तीमा मेरो प्रधानमन्त्री उठ्नुपथ्र्यो।’

प्रकाशित: Jan 21, 2023| 15:18 शनिबार, माघ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...