सोमबार, साउन ६, २०८२

संसदमा नयाँ पालुवा पलाएको भान भइरहेको छ : सांसद गौतम

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले प्रतिनिधिसभामा पहिलो सम्बोधन गर्दै संसदमा नयाँ पालुवा पलाएको बताएकी छन्।
 |  शनिबार, माघ ७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ ७, २०७९

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले प्रतिनिधिसभामा पहिलो सम्बोधन गर्दै संसदमा नयाँ पालुवा पलाएको बताएकी छन्। 

उपसभामुखको लागि पार्टीको तर्फबाट उम्मेदवार रहेकी इन्दिरा रानामगरको प्रस्तावकको रुपमा सम्बोधन गर्दै गौतमले जसरी जाडो याम सकिएर वसन्त ऋतुमा पालुवा पलाउँछन् त्यसैगरी राजनीतिमा पनि वसन्त ऋतु सुरुवात भइसकेको बताइन्।

छोटा दिन विस्तारै लामा गएर जाडो र तुसारोले उजाड बिरुवा छिट्टै आउने वसन्त ऋतु सुरु पलाउने भएझैँ राजनीतिमा पनि नयाँ पालुवा पलाएको बताइन्। उनले अहिलेको रोस्टमबाट हेर्दा संसदमा वसन्त ऋतु सुरु भएर पालुवा पलाइरहेको भान भइरहेको र यो निकै सुन्दर दृष्य भएको प्रतिक्रिया दिइन्।

उपसभामुखको लागि सिमान्तकृत समुदायका दुई जना महिलाको प्रतिष्पर्धा हुनुलाई  गौतमले लोकतन्त्र सुदृढ बन्दै गएको रुपमा लिएको बताइन्।

प्रकाशित: Jan 21, 2023| 13:47 शनिबार, माघ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...