काठमाडौं– संघीय संसद्को उपसभामुख चयनका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सुरु भएको छ। शनिबार उपसभामुखका लागि निर्वाचन हुने कार्यतालिका संसद् सचिवालयले सार्वजनिक गरिसकेको छ। उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्दिरा राना र नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादव उम्मेदवार रहेका छन्।
रानाको प्रस्तावकमा रास्वपाका सोविता गौतम एवं समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रका नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङदेन रहेका छन्। यादवको प्रस्तावकमा कांग्रेसका बद्रीप्रसाद पाण्डे एवं समर्थकमा नेकपा एसका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ला रहेका छन्।
बैठकमा दुवै उम्मेदवारका प्रस्तावक र समर्थकले आ–आफ्ना पक्षका उम्मेदवारलाई समर्थन गर्न आग्रह गर्नेछन्। दलीय रुपमा संसद्मा प्रतिनिधित्व रहेका दलका नेताले पनि मन्तव्य राख्नेछन्।