सोमबार, साउन ६, २०८२

डोको बुनेर आत्मनिर्भर

दिपायल–डोटीको बडीकेदार गाउँपालिका–५ थानकोट गाउँका ४० वर्षीय शेरबहादुर भुल डोको बुनेरै घरखर्च चलाउँदै आएका छन्।
 |  शनिबार, माघ ७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ ७, २०७९

काठमाडौं-  दिपायल–डोटीको बडीकेदार गाउँपालिका–५ थानकोट गाउँका ४० वर्षीय शेरबहादुर भुल डोको बुनेरै घरखर्च चलाउँदै आएका छन्। उनले निगालोको डोको, छाप्रीलगायत सामग्री बनाउने गर्छन्। निगालोबाट विभिन्न सामान बनाएर बिक्री गरेर उनले १५ वर्षदेखि घर व्यवहार चलाउँदै आएका छन्। दश जनाको परिवार उनकै कमाइबाट पालिने गरेको छ।

“आम्दानीको कुनै स्रोत नभएर खाली बस्नुभन्दा  सीप सिकेर काम गरेको छु। एकमहिने साना तथा घरेलु कार्यालय राजपुरले दिएको बास, निगालोसम्बन्धी तालिम लिएर अहिले यही डोको बुन्ने पेशाले घरपरिवार पालेको छु”, उनले भने।  डोको र छाप्री बुनेर गाउँघरमा घुम्ती व्यापार गरेर  वार्षिक ८० हजार कमाउने गरेको  उनले बताए। 

कहिले त  निगालोका सामग्री साटेर अन्न, तेल खुर्सानी ल्याउने गरेको उनले बताए। उनले आफूहरू जस्ता सीप भएकालाई स्थानीय सरकारले उद्योग खोलेर रोजगारीको र्सिजना गरिदिए धेरैको रोजगारी हुने सुझाव दिए।  

शेरबहादुर भुल मात्र नभएर यो गाउँमा बसोबास गर्ने करिब एक सय ५० घरधुरी दलित समुदायका व्यक्तिको पेसा नै डोको, डालो, छाप्री बनाएर बिक्री गर्नु हो। खेतीपातीबाट तीन महिनासम्म पनि गुजारा चलाउन नसकिने भएपछि उनीहरूले यसलाई वैकल्पिक पेसा बनाएका छन्। 

“छोराछोरीेको पढाइ खर्च र आफ्नो जीविकोपार्जन यसैबाट चलेको छ”, स्थानीय जवान भुल भन्छन्। “दलित समुदायका परिवारसँग खेतीयोग्य जमिन नहुँदा तीन महिना खान नपुग्ने, भारत तथा तेस्रो मुलुकमा गएर काम पनि गर्न नसकिने भएकाले हामीले निगालोका सामग्री बनाएर बिक्री गर्नुपरेको छ”, सँगै उत्पादन भएका बस्तुलाई बिक्री गर्न बजारीकारणका लागि स्थानीय सरकारले कुनै पहल नगरेको उनको गुनासो छ।

स्थानीय सरकारले सीपमूलक तालिमको आयोजना गरी बढीभन्दा बढी सहभागी बनाइ आत्मार्निभर बन्न सहयोग गरिरहेको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउँदले बताए। जनतालाई कुनै न कुनै क्षेत्रबाट सहयोग गर्न सबैसँग सहकार्य गरी स्थानीयस्थरमा उत्पादन भएका बस्तुलाई बिकाउन बजारीकरणमा पहल गरिने पनि उनको भनाइ थियो।

प्रकाशित: Jan 21, 2023| 09:25 शनिबार, माघ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।