सोमबार, साउन ६, २०८२

संघीय संसद्को उपसभामुखको निर्वाचन आज

संघीय संसद् प्रतिनिधिसभा उपसभामुख चयनका लागि आज निर्वाचन हुँदै छ।
 |  शनिबार, माघ ७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ ७, २०७९

काठमाडौं- संघीय संसद् प्रतिनिधिसभा उपसभामुख चयनका लागि आज निर्वाचन हुँदै छ। संघीय संसद् सचिवालयको कार्यतालिका अनुसार आज दिउँसो १ बजे उपसभामुख पदको निर्वाचन हुनेछ।

उपसभामुखमा सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना र सत्ता गठबन्धन बाहिरका दलको तर्फबाट नेपाली कांग्रेसकी सांसद मुक्ताकुमारी यादवको उमेदवारी दर्ता भएको छ।

उपसभामुखमा रानाको प्रस्तावकमा रास्वपाकी सांसद शोविता गौतम छिन्। समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा एमालेका कृष्णगोपाल श्रेठ र माओवादी केन्द्रकी नारायणी शर्मा छन्।

यादवको प्रस्तावकमा नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहेका बद्री पाण्डे छन्। समर्थकमा लोसपाका सर्वेन्द्रनाथ शुक्ल, नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी रहेका छन्।


प्रकाशित: Jan 21, 2023| 07:14 शनिबार, माघ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...