सोमबार, साउन ६, २०८२

संरक्षणको पखाईमा राजाताल र सिमालीबोट

समय बित्दै जाँदा त्यसैको विपरीत उत्तिकै क्षेत्रफलमा रहेको राजातालको जमिन महँगिएपछि स्थानीयले जमिन नदिँदा सो क्षेत्रको संरक्षण र प्रर्द्धन हुनसकेको छैन।
 |  शुक्रबार, माघ ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ६, २०७९

धनकुटा- चौबीसे गाउँपालिका राजारानीमा रहेको रानीताल यस क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्य हो। गाउँपालिकाको वडा नं ६ स्थित राजारानी बजारको पूर्वमा निजी स्वामित्वमा रहेको करिब एक सय ५० रोपनी क्षेत्रफलको यो ताल धेरै वर्ष अघिदेखि संरक्षित छ।

तर समय बित्दै जाँदा त्यसैको विपरीत उत्तिकै क्षेत्रफलमा रहेको राजातालको जमिन महँगिएपछि स्थानीयले जमिन नदिँदा सो क्षेत्रको संरक्षण र प्रर्द्धन हुनसकेको छैन। यही राजारानी तालको नामबाट सो क्षेत्रको तत्कालीन राजारानी गाविस र हालको राजारानी बजारको नामकरण पनि रहिआएको छ। समय क्रमसँगै राजारानीमा भएको रानीतालको संरक्षण भए पनि त्यही रानीतालसँग जोडिएको अर्को राजाताल क्षेत्र र सो ठाउँको सिमाली बोटको संरक्षण हुनसकेको छैन।

राजाताल क्षेत्र संरक्षण हुन नसक्दा दलदलको अवस्थामा रहेको छ। जाडोमा तुषारो पर्ने निकै चिसो लेकाली क्षेत्रमा रहेको यो राजातालको एक किनारको बीच दलदलमा औवल (गर्मी) ठाउँमा मात्र पाइने एउटा निकै ठूलो सिमाली जातको रुख रहेको छ।

यो वनस्पति उक्त हावापानीमा नपाइने प्रजाति हो भने सो दलदलमा उक्त रुखमात्र रहेकाले स्थानीय यसलाई निकै आश्चर्य मान्ने गर्दछन्। सो राजातालको सिमालीको बोट र रानीतालबीच पौराणिक सम्बन्ध रहेको बताउनुहुन्छ वडाध्यक्ष आशीष लिम्बू। परापूर्वकालमा रानीताललाई मावारक र राजाताललाई पावरक भनिन्थ्यो। हाल पनि स्थानीयले यी स्थानलाई पुरानै नामले चिन्ने गर्दछन्।

लिम्बू भाषामा पा र मा भनेको बुवा र आमा, वारक भनेको बस्ने ठाउँ। पूर्वकालमा रानीतालमा मावरक नाग र राजातालमा पावरक नाग बस्ने गर्दथे भन्ने किवंदन्ती छ। उनीहरूको एक दिन झगडा भएछ। झगडाका क्रममा मावरक नागिनले पावरक नागलाई टिपेर झट्टी हानिछन्। यसरी झट्टी हान्दा ती नाग हालको राजाताल (पावरक)मा झरेर गाडिएछन्। तीनै पावरक (बुवा) नाग सो सिमालीको बोट भएर उम्रिएको भन्ने किंवदन्ती रहिआएको वडाध्यक्ष लिम्बूले जानकारी दिनुभयो। अङ्ग्रेजी अक्षर भि आकारमा रहेको राजा र रानीताल क्षेत्रको दक्षिणी क्षेत्रबाट पानी खोलिएर तराईतर्फ बगेर गएको छ।

रानीतालको आधा भागमा बाँध बनाएर ताल बनाइए पनि राजाताल क्षेत्रमा भने दलदल र सिमसार नै रहेको छ। रानीतालजस्तै राजाताल क्षेत्र पनि निजी भएकाले कतिपय भागहरूमा खेलमैदान र प्लटिङसमेत गर्न सुरु गरिएको छ। यो ताल क्षेत्रलाई बृहत् पर्यटकीय क्षेत्र बनाउन सहमति जुट्न नसकेको पालिका अध्यक्ष राजकुमार चेम्जोङले जानकारी दिए।

रानीताल संरक्षणका प्रवद्र्धनका लागि सहकारीमार्फत् काम गरिए पनि राजाताल संरक्षणका लागि स्थानीयसँग सहमति हुन नसकेको चेम्जोङले बताए। गाउँपालिकाको प्रमुख केन्द्रका रूपमा रहेको राजारानी बजारलाई तीनतिरबाट घेरेको यो यी दुई तालमध्ये रानीतालको आंशिक संरक्षण भएको छ। यससँगै जोडिएको राजाताल र सिमाली बोटको संरक्षण हुनसके यहाँको पर्यटन प्रवद्र्धन हुने देखिन्छ।

प्रकाशित: Jan 20, 2023| 22:00 शुक्रबार, माघ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।